गरिमा विकास बैंकद्वारा ९० करोड ७६ लाख रुपैयाँको हकप्रद शेयर निष्काशनको लागि धितोपत्रबोर्डमा आवेदन

Post Date : March 26, 2017 | 11:03 am

काठमाडौँ, १३ चैत । गरिमा विकास बैंकले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबर ९० लाख ७६ हजार २ सय ९६ दशमलब ६६ कित्ता शेयर निष्काशन स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १३ अर्ब ३७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन र ११ अर्ब ७० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरी १५ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । त्यस्तै निस्क्रिय कर्जा शून्य दशमलब ८४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७७ दशमलब ७३ प्रतिशत रहेको छ । बैंकको हाल चुक्ता पूँजी १ अर्ब ८ करोड ५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *