गुहेश्वरी मर्चेन्टको छैटौं शाखा कलैयामा

Post Date : November 17, 2016 | 3:06 pm

काठमाडौँ, २ मंसिर । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड बारा जिल्लाको कलैयामा शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुरु गरेको छ ।

फाइनान्सले चाँडै दमक र जितपुरमा शाखा विस्तार गर्ने तयारी भइरहेको जनाएको छ ।

फाइनान्सको चालु आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमासिकमा २ अर्ब १७ करोड रुपैया निक्षेप संकलन र १ अर्ब ७९ करोड रुपैया कर्जा प्रवाह गरी २ करोड २३ लाख रुपैया संचालन मुनाफा आर्जन गरेको जनाएको छ । चुक्ता पूँजी भने ४९ करोड ३९ लाख रुपैया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *