गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र सिडिएस एण्ड क्लियरिङबीच सम्झौता

Post Date : August 7, 2016 | 11:05 am

काठमाडौं, २३ साउन । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबीच निक्षेप सदस्यको कार्य गर्ने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका महाप्रबन्धक दिनेशलाल श्रेष्ठ र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले हस्ताक्षर गर्नु भएको छ ।

“ग” वर्गको वित्तीय संस्थामा निक्षेप सदस्यता प्राप्त गर्नेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड पहिलो भएको जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *