गैरआवासीय नेपालीले शेयर बजारमा प्रत्यक्ष लगानी गर्न पाउने

Post Date : October 20, 2016 | 12:35 pm

काठमाडौं, ४ कार्तिक । गैरआवासीय नेपालीले नेपालको शेयर बजारमा प्रत्यक्ष लगानी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले यसका लागि कार्यविधि बनाउन लागेको छ । गैरआवासीय नेपालीले दोश्रो बजारमा लागनी गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । बजेटमा पनि धितोपत्र बजारमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने नीति लिएकोले कार्यविधि बनाउनको लागि बोर्डले सिफारिस समिति गठन गरेको छ ।

बोर्डको नियमन तथा व्यवस्थापन बिभागका कार्यकारी निर्देशकको संयोजकत्वमा धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्जका पदाधिकारी सदस्य रहने गरी सिफरिस समिति गठन गरिएको धितोपत्र बोर्डद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । उक्त समितिमा गैरआवासीय नेपालीको प्रतिनिधि रहने व्यवस्था छ । समितिले कार्यविधिको मस्यौदा तयार गरी वोर्डलाई सिफारिस गर्नेछ ।

सिफारिस समितिले देशको अर्थतन्त्रमा गैरआवासीय नेपालीको प्रवेशपछि धितोपत्रको दोश्रो बजारमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *