गोर्खाज फाइनान्सको दशौँ शाखा काभ्रेको जनगालमा

Post Date : April 19, 2017 | 6:57 pm

काभ्रेपलान्चोक, ६ वैशाख । गोर्खाज फाइनान्स लिमिटेडले काभ्रेपलान्चोक जिल्लाको जनगाल पुल बजारमा १० औँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले गर्नु भएको छ ।

फाइनान्सको हाल निक्षेप संकलन ३ अर्ब ४१ करोड रुपैयाँ, कर्जा प्रवाह ३ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

फाइनान्सको चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैयाँबाट वृद्धि गरी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ पुरयाउन २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको प्रक्रियामा रकम संकलनको कार्य भइरहेको फाइनान्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *