गोर्खाज फाइनान्सले धितोपत्र बोर्डसँग ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्यो

Post Date : March 8, 2017 | 9:18 pm

काठमाडौँ, २५ फागुन । गोर्खाज फाइनान्स लिमिटेडले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको लागि २०७३ फागुन २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले रु.१००/– अंकित दरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता बराबरको २८ करोड ९३ लाख ३१ हजार ३ सय रुपैयाँको हकप्रद शेयर निष्काशनको अनुमति मागेको हो । हकप्रद शेयर निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गको वित्तीय संस्थाहरूलाई २०७४ असार मसान्तभित्र ८० करोड रुपैयाँ चुक्ता पूँजी पुरयाउनु पर्ने निर्देशन जारी गरेको थियो । गोर्खाज फाइनान्सले राष्ट्र बैंकले दिएको अवधिभित्र नै चुक्ता पूँजी पुराउने देखिन्छ ।

गोर्खाज फाइनान्सले चालु आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको हाल चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *