चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित

Post Date : December 7, 2016 | 2:45 pm

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कारहरु’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरियो । सो पुरस्कार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा मिति २०७३/०८/२० मा आयोजित नास्टको ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा प्रदान गर्नुभयो ।

सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. टंकनाथ धमला, डा. हरिप्रसाद अर्याल, प्रा. डा. कृष्णदास मानन्धर तथा प्रा. डा. श्रृजनलाल श्रेष्ठलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ बाट पुरस्कृत गरिएको छ ।

कार्यक्रम पश्चात पुरस्कृत विज्ञहरुसँगको भेटमा नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन र अनुसन्धान गरी यस क्षेत्रको विकासमा योगदान पुरयाउनु भएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकको नाममा स्थापित ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ग्रहण गर्नुभएकोमा आभार प्रकट गर्नुभयो । उक्त पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था रु.१,२५,०००।– रहेको छ । नास्टको उक्त समारोहमा जम्मा १७ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानको संरक्षकत्वमा गठित प्रतिष्ठित बैज्ञानिक तथा प्राज्ञहरुको समूहद्वारा कृतिहरुको छनौट गरिने हुनाले नाष्टद्वारा स्थापित पुरस्कारहरु यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *