चार दिनदेखि अोरालो लागेकाे शेयरबजारमा सामान्य सुधार

Post Date : September 12, 2016 | 5:06 pm

काठमाडाैं, २७ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.८८ अंकले बढेर १८१८.६९ बिन्दुमा पुगेको छ । कुल ४६३५ कारोवारबाट २९ लाख २ हजार २५५ कित्ता शेयर किनबेच भई १ अर्ब १९ करोड ७८ लाख ४५ हजार ७२९ रुपैयाको कारोवार भएको छ ।

अाज साताको दोस्रो दिन नेप्से परिसूचक सामान्य सुधार भई उकालो लागेको छ । जलविद्युत र फाइनान्स समूहको शेयर मूल्य घटेको छ भने बैंक, होटल, विकास बैंक र बीमा समूहको शेयर मूल्य बढेको छ ।

वाणिज्य बैंकहरुको १.०४ अंकले बढेर ४८ करोड ५९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १.५२ अंकले बढेर ५३ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ७.६७ अंकले बढेर २१ करोड ९९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ४९.५७ अंकले बढेर २८ करोड ४९ लाख रुपैयाको कारोवार भएकाे छ ।

जलविद्युत समूहको ३५.१६ अंकले घटेर ३ करोड ५० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.७६ अंकले घटेर २ करोड ९० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा सनराइज बैंक लिमिटेडको ६ करोड ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा मुक्तिनाथ विकास बैंक लिमिटेडको ५ कराेड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

One thought on “चार दिनदेखि अोरालो लागेकाे शेयरबजारमा सामान्य सुधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *