‘चितवन मिल्क’ पुनः सञ्चालन हुने

Post Date : June 9, 2017 | 4:05 pm

चितवन, २६ जेठ । घाटा भएपछि करिब दुई वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो साउन १ गतेबाट पुनःसञ्चालनमा आउने भएको छ ।

भरतपुर महानगरपालिका– १ ठिमुरामा स्थापना गरिएको सो उद्योग दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठकाअनुसार बिग्रिएका उपकरण जडान र मर्मत सम्भार गर्ने काम सम्पन्न भएको छ ।

“उद्योगले परीक्षण उत्पादन सफलता पूर्वक सम्पन्न गरेको छ, साउन १ गतेबाट नियमित उत्पादन थाल्छौँ,” उहाँले भन्नुभयो । सुरुवातमा दैनिक ६० हजार लिटर दूध प्रशोधन गरिनेछ । विसं २०६९ मा सो उद्योग सञ्चालनमा आएको थियो । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको ७ प्रतिशत र बाँकी श्रेष्ठ नेतृत्वको चितवन को–ई समूहको गरी रु एक अर्ब ४० करोडको लागतमा उक्त उद्योग स्थापना गरिएको थियो ।

भूकम्पपछि कच्चा दूधको अभावपछि २०७२ भदौ १ गतेबाट सो उद्योग बन्द भएको थियो । सो उद्योगमा काम गर्ने कर्मचारी मजदुरलाई थप एक वर्षको पारिश्रमिक दिएर बिदाइ गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *