चीनमा २४ घन्टामा दुई शक्तिशाली भूकम्प

Post Date : August 9, 2017 | 5:52 pm

चेङ्गडु (चीन), २५ साउन । पर्यटकीय नगरका रुपमा प्रख्यात रहेको दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जना व्यक्तिको मृत्यु भएको छ ।

यस भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ । गए रातिदेखि २४ घन्टायता दुई वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको बताइएको छ ।

यसपछि पनि ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा अएको छ । यस भूकम्पको केन्द्रविन्दु सीनजियाङ्ग प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

यस भूकम्पबाट भएको मानवीय र तथा भौतिक क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । यसअघि आएको ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समायानुसार बुधबार विहान ९ः३० सम्म दुई विदेशीसहित १७७ व्यक्ति घाइते भएका छन् ।

मङ्गलबार साँझ स्थानीय समयानुसार ९ः१९ बजे राति आएको यस भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

घाइते भएका विदेशीहरुमा एक फ्रान्सेली पुरुष र अर्का एक क्यानाडाली महिला रहेका छन । फ्रान्सेली पुरुषको दुइवटा नै खुट्टा भाँचिएको र अर्का क्यानाडाली महिलाको भने टाउकोमा सामान्य रुपमा चोट लागेको समाचारमा जनाइएको छ ।

घाइतेहरुको जिउजाइगुउमा रहेको नागरिक अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलौ चुस्त रुपमा काम गर्न निर्देशन दिएको छ । सोही बमोजिम उद्वारको कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *