चौबीस हजार पशु बिमा

Post Date : September 15, 2016 | 5:41 pm

दाङ, ३० भदौ । जिल्लामा पशु बिमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

आव २०७२/७३ मा २४ हजार ४७० पशुको बिमा भएको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत डा रमेश नेपालीले जानकारी दिनुुभयो । कार्यालयको तथ्याङ्कअनुसार ३५५ गाई, १३३ भैँसी, ३२७ बाख्रा, ८४ बङ्गुर र २३ हजार ५७१ कुखुराको किसानले बिमा गराएका छन् ।

आव २०७१/७२ मा १२ हजार ९७७ वटा पशुको किसानले बिमा गराएका थिए । सो आवमा ३९७ गाई, ९२ भैँसी, ६५२ बाख्रा, २०२ बङ्गुर र ११ हजार ६३४ कुखुराको बिमा गरिएको थियो ।

विसं २०६८ माघबाट पशु बिमा कार्यक्रम सुरु भएको हो । “बिस्तारै बिमा गराउनेको सङ्ख्या बढ्दै छ,” पशु विकास अधिकृत डा नेपालीले भन्नुभयो । बिमा गराएबापत एक वर्षको अवधिमा पशु मरेपछि किसानले ९० प्रतिशत क्षतिपूर्ति पाउने प्रावधान छ ।

त्यस्तै बिमा गराउँदा किसानले पाँच प्रतिशत शुल्क तिर्नुपर्ने हुन्छ । जिल्लामा नौ वटा प्राइभेट बिमा कम्पनीबाट किसानले बिमा गराउँदै आएका कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *