छत्तीस हजार घरधनीसँग अनुदान सम्झौता

Post Date : May 29, 2016 | 5:39 pm

काठमाडौँ, १६ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट घर क्षति भई अनुदान पाउने १० जिल्लाका ३६ हजार २८७ घरधनीसँग सम्झौता गरेको छ ।

ओखलढुङ्गामा १० हजार ७३३, रामेछापमा १३ हजार ७९, गोरखामा दुई हजार ३००, धादिङमा ५९९, नुवाकोटमा २८०, रसुवामा २०८, सिन्धुपाल्चोकमा एक हजार ९२७, काभ्रेपलाञ्चोकमा ९००, दोलखामा पाँच हजार १६१ र सिन्धुलीमा एक हजार १०० घरधनीसँग अनुदान सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“सम्झौता भएका अनुदान पाउने घरधनीलाई बंैकसँग कारोबारको सम्झौता हुने बित्तिकै पहिलो किस्ताको रु ५० हजार दिइनेछ, यो रकम हाल दोलखा र गोरखा जिल्लाका एक हजार भन्दा बढी घरधनीलाई प्रदान गरिएको छ”– उहाँले भन्नुभयो ।

लगत सङ्कलन सम्पन्न भए पनि मकवानपुरमा अनुदान सम्झौता सुरु नभएको प्राधिकरणले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *