जनता बैंकको शाखा बर्दिबासमा

Post Date : February 7, 2017 | 1:17 pm

काठमाडौँ, २५ माघ । जनता बैंक नेपाल लिमिटेडले महोत्तरी जिल्लाको बर्दिबासमा एटिएमसहित शाखा संचालनमा ल्याएको छ । यो बैंकको ४१ औँ शाखा हो । शाखाको उद्घाटन बैंकका संचालक रामचन्द्र शाहले गर्नु भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

यो शाखासँगै बैंकको शाखा संख्या ४१, एटिएम संख्या ३३ तथा शाखारहित बैंकिङ एकाइ १९ पुगेको छ ।

हाल बैंकले २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *