जनता बैंकको ४० औं शाखा हेटौँडामा

Post Date : December 21, 2016 | 12:48 pm

काठमाडौँ, ६ पुस । जनता बैंक नेपाल लिमिटेडले मकवानपुरको हेटौँडामा शाखा बिस्तार गरी बैंकिङ्ग कारोवार सुरु गरेको छ । बैंकको यो ४० औँ शाखा हो ।

शाखाको उद्घाटन बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले गर्नु भएको छ ।

बैंकको हाल ४० शाखा, ३० एटिएम, १५ वटा शाखा रहित बैंकिङ्ग ईकाई, ईन्टरनेट तथा मोबाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकले यसै आर्थिक वर्ष भित्र महोत्तरीको बर्दिवासमा शाखा र एटिएम बिस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *