जनता बैंकमा त्रिवेणी विकास बैंक गाभिने

Post Date : February 13, 2017 | 11:34 am

काठमाडौँ, २ फागुन । त्रिवेणी विकास बैंकको विशेष साधारण सभाले जनता बैंक नेपाल लिमिटेडसँग मर्जर गर्न भएको सैद्धान्तिक सहमतिलाई स्वीकृति दिएको छ ।

सभाले मर्जरपछि थप १० बराबर ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृति दिने समेत निर्णय गरेको छ ।

मर्जर प्रयोजनका लागि गरिएको डिडिए प्रतिवेदनलाई आधार मानी जनता बैंकको १ शेयर बराबर त्रिवेणी विकास बैंकको १ शेयर हुने गरी स्वाप रेसियो कायम गरी मर्जरमा जाने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जनाएको छ ।

मर्जरपछि जनता बैंकको चुक्ता पूँजी ४ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ भने १० बराबर ६ को अनुपातको हकप्रद शेयर वितरणपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ । २०७४ असार मसान्तसम्म ८ अर्ब पुरयाउनको लागि नपुग ४४ करोड रुपैयाँ चालु आर्थिक वर्ष २०७३।७४ को नाफाबाट बोनस शेयर जारी गरी पूँजी पुरयाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *