जनता बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने

Post Date : June 5, 2017 | 11:36 am

काठमाडौँ, २२ जेठ । जनता बैंक नेपाल लिमिटेडले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने भएको छ । यस मुद्दती निक्षेपमा न्यूनतम ५० हजार रुपैयाँ राख्नु पर्नेछ । बैंकले ‘मुद्दतीको दम बचत खाता पनि छैन कम’ नाराका साथ मुद्दती निक्षेप योजना ल्याएको हो । यसअघि बैंकले गौतम बुद्ध बचत खातामा ८ प्रतिशत ब्याज दिने गरी योजना ल्याएको थियो ।

बैंकहरूमा कर्जाको माग बढिरहेको र निक्षेप संकलनमा सुधार नहुँदा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ब्याज दरमा वृद्धि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *