जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ऋण लगानी

Post Date : August 5, 2016 | 12:15 pm

काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले हाइड्रो भेन्चर प्रा.लि.ले निर्माण गर्ने ८६ मेगावाटको सोलुखोला दुधकोशी जलविद्युत आयोजनामा ८ अर्ब ६५ करोड रुपैया ऋण दिने प्रतिवद्धता जनाएका छन् ।

ऋण सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकले हस्ताक्षर गरेका छन् । हाइड्रो भेन्चर प्रा.लि.मा साहस ऊर्जाको सतप्रतिशत लगानी रहेको छ ।

आयोजनाको ११ अर्ब ८६ करोड रुपैया अनुमानित लागत रहेको यसमा ३ अर्ब २१ करोड रुपैया शेयरधनी साहस ऊर्जाले लगानी गर्ने जनाएको छ ।

यही मंसिर महिनाबाट निर्माण सुरु गरी २०७६ चैत्र महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाउने साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकले बताउनु भयो ।

आयोजनामा ऋणको अंश ७३ प्रतिशत र इक्विटीको अंश २३ प्रतिशत रहेको छ भने लागत प्रति मेगावाट १३ करोड ७९ लाख रुपैयाको अनुमान गरिएको छ । सोलुखुम्बु जिल्लाको कागेल, तिङ्ला र पञ्चन गाविसमा आयोजनाको निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *