जिप दुर्घटनामा २१ घाइते

Post Date : April 14, 2016 | 5:01 pm

भीमदत्तनगर, २ वैशाख । दार्चुलाको सदरमुकाम खलङ्गास्थित बसपार्क नजिक आज यात्रुबाहक जिप दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खलङ्गा नजिकै उकालोमा से१ज ५९६ नंको जिप दुर्घटना हुँदा मालपोत कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीसहित २१ जना यात्रु घाइते छन् ।

जिप्रका दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले घाइतेमध्ये गम्भीर चारजनालाई उपचारका लागि अन्यत्र पठाइएको र बाँकी घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको बताउनुभयो ।

“साँघुरो बाटोमा चालकले गतिलाई ध्यान नदिएर चलाएको हुँदा दुर्घटना भएको देखिन्छ,” प्रहरी नायब उपरीक्षक राठौरले भन्नुभयो । प्रहरीका अनुसार जिप यात्रु बोकेर अपि नगरपालिका–१७ बाट खलङ्गाका लागि छुटेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *