जुनो वृहस्पतिको कक्षमा प्रवेश

Post Date : July 6, 2016 | 9:07 am

लस एन्जेल्स, २१ असार । नासाको जुनो मिसनद्वारा वृहस्पतिको गतिविधि अध्ययनका लागि पठाएको जुनो नामक अन्तरिक्षयान पाँच वर्षपछि वृहस्पतिको नजिक पुगेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय विमानशास्त्र तथा अन्तरिक्ष प्रशासनद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

नासाले सन् २०११ को अगस्ट ५ गते पठाएको उक्त यान ग्रीनविच मिनटाइम अनुसार मङ्गलबार बजेर ५३ मिनेट जाँदा सौर्य प्रणालीको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको कक्षमा प्रवेश गरेको नासाले जनाएको छ ।

नासाको ग्यालिलियो मिसनद्वारा सन् १९९५ मा पठाएको यानपछि वृहस्पतिको कक्षमा प्रवेश गर्ने जुनो पहिलो अन्तरिक्ष यान हो । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *