जेबिल्स फाइनान्सले १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने

Post Date : March 6, 2017 | 6:23 pm

काठमाडौँ, २३ फागुन । जेबिल्स फाइनान्स लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जेबिल्स फाइनान्सको हाल चुक्ता पूँजी २८ करोड ८९ लाख ५६ हजार २ सय ५० रुपैयाँ छ । हकप्रद शेयर निष्काशनपश्चात चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५ सय रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्काशनको लागि फाइनान्सले एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जेबिल्स फाइनान्सको २०७३ पुस २७ गते बसेको वार्षिक साधारण सभाले चुक्ता पूँजी २५ करोड ६८ लाख ५० हजार रुपैयाँको १२ दशमलब ५० प्रतिशतले हुने ३ करोड २१ लाख ६ हजार २ सय ५० रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय पारित गरेको थियो । फाइनान्सको बोनस शेयर वितरणपछि चुक्ता पूँजी २८ करोड ८९ लाख ५६ हजार २ सय ५० रुपैयाँ पुगेको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७२/७३ मा ४ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *