ज्योति विकास बैंकको थप दुई एटिएम

Post Date : July 20, 2017 | 4:10 pm

काठमाडौँ, ५ साउन । ज्योति विकास बैंकले एकैपटक दुई आफ्ना शाखा काठमाडौँको जोरपाटी र भक्तपुरको च्याम्हासिंहमा एटिएम सेवा संचालनमा ल्याएको छ । यी दुई एटिएमसहित बैंकको एटिएम संख्या १४ पुगेको छ । बैंकले निकट भविष्यमा अन्तर्राष्ट्रिय कम्पनी भिसासँग आवद्ध भई थप सेवा विस्तार गर्ने जनाएको छ ।

बैंकको देशभर ३२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टरमार्फत बैंकिङ सेवा प्रदान गरेको छ । चाँडै नै थप ९ वटा शाखा विस्तार गर्ने योजनासमेत रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *