ज्योति विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

Post Date : March 3, 2017 | 12:42 pm

काठमाडौँ, २० फागुन । ज्योति विकास बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको पुसमा सम्पन्न नवौँ वार्षिक साधारण सभाले पारित बोनस शेयर वितरणपछि कायम भएको चुक्ता पूँजी १ अर्ब १० करोड ४३ लाख १७ हजार १ सय रुपैयाँ हकप्रद शेयर जारी गर्न लागेको हो ।

बैंकले हकप्रद शेयर जारी गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले हस्ताक्षर गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ९ अर्ब १२ करोड ८४ लाख रुपैयाँ र ८ अर्ब १ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब १९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६ दशमलब २६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *