झण्डै १० अंकले शेयरबजार अोरालो लाग्यो, बैंकहरूको मूल्य पनि घट्यो

Post Date : September 7, 2016 | 3:43 pm

काठमाडाैं, २२ भदाै । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ९.९७ अंकले घटेर १८२४.८३ बिन्दुमा पुगेको छ । कुल ७२२२ कारोवारबाट २९ लाख ३१ हजार ९८४ कित्ता शेयर किनबेच भई १ अर्ब ६५ करोड २१ लाख ९० हजार २९१ रुपैयाको कारोवार भएको छ ।

अाज साताको चौथो दिन हिजो झैँ नेप्से परिसूचक अोरालो लागेको छ । होटल, बिमा र अन्य समूह बाहेक अरु सबै समूहमा मूल्य घटी अोरालो लागेका छन् ।

होटल समूहको २.१६ अंकले बढेर २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ९४.३३ अंकले बढेर ४७ करोड ११ लाख रुपैयाको कारोवार भएकाे छ । त्यस्तै अन्य समूहको ०.५८ अंकले बढेर ५२ लाख २० हजार ९० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको २०.६८ अंकले घटेर ८१ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ५.४४ अंकले घटेर १९ करोड ५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको ५.९९ अंकले घटेर २ करोड ६१ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ०.३७ अंकले घटेर २ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ७.७ अंकले घटेर २ लाख २२ हजार ४० रुपैयाको कारोवार भएको छ

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा नबिल बैंक लिमिटेडको १३ करोड ५२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ कराेड ९६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *