नेपाल तथा चीनका केन्द्रीय बैंकबीच सम्झौता हुनेत

Post Date : March 30, 2016 | 9:21 am

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाबीच बैंकको नियमन तथा सुपरिवेक्षण क्षेत्रमा प्राविधिक सहयोगका लागि सम्झौता हुने भएको छ । सम्झौताका लागि प्रधानमन्त्री ओलीसँगै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायण पौडेल चीन भ्रमणमा जाने भएका छन् ।

दुई देशका केन्द्रीय बैंकबीच नियमन तथा सुपरिवेक्षणका साथै दुईपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता हुन लागेको हो । यसले दुई देशको केन्द्रीय बैंकबीच सूचना आदान प्रदान तथा प्राविधिक विषयमा सहयोग गर्न मद्दत गर्ने छ र बैंकिङ कारोवारमा आउने समस्या समाधान पनि हुनेछ ।

नेपालले चिनीया बैंकको शाखा यहाँ स्थापना गराउन प्रस्ताव गरेको छ । खासगरी पछिल्लो समय पूर्वाधारको क्षेत्रमा चिनीया लगानी बढेको देखिन्छ । चीनसँगको व्यापार पनि बढ्दै गएकोले चिनीया बैंकको शाखा स्थापनाले द्विपक्षीय व्यापारमा सहयोग पुग्नेछ । अघिल्लो वर्षदेखि दर्ता भएका विदेशी लगानीको उद्योग र रकममा पनि चीन भारतभन्दा अघि भइसकेको छ । चिनीया बैंकको शाखा नेपालमा खोलिएपछि नेपालको बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय बैंकिङ कारोवारको लागि पनि सरल र सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *