ट्वेन्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाबाट श्रीलंका पराजित

Post Date : March 29, 2016 | 8:08 am

काठमाडौं, १६ चैत । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ८ विकेटले हराएको छ । दिल्लीमा भएको खेलमा पहिले व्याटिङ गरेको श्रीलंकाले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २० रन मात्रै जोड्न सक्यो । श्रीलंकाको लागि तिलकरत्ने दिलशानले ३६ रन जोडे । जवाफमा १ सय २१ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १७ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गरयो । दक्षिण अफ्रिकाको लागि हसिम अम्लाले अविजित ५६ रनको योगदान दिए । जितसँगै दक्षिण अफ्रिकाले विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा सुखद विदाई गरेको छ ।

विश्वकप टि ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु भोलिदेखि हुनेछन् । भोली दिल्लीमा हुने पहिलो सेमिफाईनलमा न्यूजिल्याण्ड र इङ्ल्यान्ड भिड्नेछन् । सुपर टेन चरणमा अपराजित एक मात्र टोली न्यूजिल्याण्ड समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो । दोस्रो सेमिफाईनल खेलमा बिहीबार मुम्बईमा भारत र वेष्ट इन्डिज भिड्ने छन् । समुहको अन्तिम खेलमा अष्ट्रेलियालाई हराउँदै भारत समुह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह विजेता भएर सेमिफाइनलमा पुगे पनि वेष्ट इन्डिजले समूहको अन्तिम खेलमा एसोसिएट राष्ट्र अफ्गानिस्तानसँग ६ रनको हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *