‘डाटसन रेडी गो’ चितवनमा

Post Date : July 28, 2016 | 5:47 pm

>रत्ननगर (चितवन), १३ साउन । डाटसन गाडीको नयाँ मोडल ‘डाटसन रेडी गो’ कार चितवनको बजारमा भित्र्याएको छ ।

‘रेडी गो’ फेमिली ह्याचब्याक कारको आधिकारिक विक्रेता सेढाई होल्डिङ ग्रुपअन्तर्गत एसएच मोर्टस्ले डाटसन रेडी गो कार चितवनमा भित्र्याएको हो । आज पत्रकार सम्मेलन गरी गाडी सार्वजनिक गरिएको हो । डाटसन गाडीका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले नेपालमा डाटसन रेडी गो कार भित्र्याएको हो । राजधानी बाहिर नै पहिलो पटक चितवनमा आज सो गाडी सार्वजनिक गरिएको सेढाई होल्डिङ ग्रुपका सञ्चालक निर्देशक सेढाईले जानकारी दिनुभयो ।

ग्राहकको मागअनुसार डाटसनको नयाँ मोडलको गाडी बिक्री सुरु गरिएको छ । सोही अवसरमा आठ वटा कार बुकिङसमेत भएको थियो । नेपाली बजारमा सो गाडीको मूल्य रु १३ लाख ९९ हजार तोकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *