डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस शेयर पारित

Post Date : March 7, 2017 | 2:02 pm

काठमाडौँ, २४ फागुन । डिप्रोक्स लघुवित्त विकास बैंकको १५ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफा सहितबाट शेयरधनीलाई १७ दशमलब ६३ प्रतिशत नगद लाभांश (करसहित) र ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले गत वर्षको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार रुपैयाँमा १ बराबर १ को अनुपातका दरले २०७३ चैत ७ गतेदेखि २०७४ बैशाख १० गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको छ । हकप्रद र बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ६० करोड ६१ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *