डेपुटी गभर्नरको संयोजकत्वमा भारतीय रुपैया व्यवस्थापन समिति गठन

Post Date : November 18, 2016 | 3:02 pm

काठमाडौँ, ३ मङ्सिर । नेपालमा भएका पाँचसय र एक हजार दरका भा.रु. नोटको व्यवस्थापन समिति गठन गरेको छ ।

व्यवस्थापन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी र अन्य सदस्यहरुमा अर्थ मन्त्रालय सचिव आनन्द ढकाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय भिष्मराज ढुंगाना र जनकबहादुर अधिकारी तथा डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष कृष्णराज लामिछाने रहनु भएको छ ।

समितिले आजै भा.रु. सटहीबारे मोडालिटी तयार गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालीलाई स्वघोषणा गराएर पाँच सय र हजार दरका प्रतिवन्धित भारतीय नोट बैंकिङ्ग प्रणालीमा सटही सुविधा दिन रिजर्भ बैंक अफ इण्डियासँग आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *