डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा ढकाल

Post Date : May 7, 2017 | 4:12 pm

काठमाडौँ, २४ वैशाख । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल निर्वाचित हुनु भएको छ । एसोसिएसनको ११औँ वार्षिक साधारण सभाले अध्यक्षमा ढकाल तथा प्रथम उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, महासचिवमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल, सचिवमा फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेसमबहादुर थापा र कोषाध्यक्षमा तिनाउ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठलाई निर्वाचित गरेको जनाइएको छ ।

त्यस्तै सदस्यमा वेष्टर्न डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर जिसी, सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव प्रधान, कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसी, कन्काई विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्य र सहारा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अजितकुमार झा निर्वाचित भएको एसोसिएसनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *