तीन उद्यमी सम्मानित

Post Date : November 24, 2016 | 3:46 pm

बाबियाचौर (म्याग्दी), ९ मङ्सिर । प्रथम उद्योग दिवसका अवसरमा बिहीबार यहाँका तीन उद्यमी सम्मानित भएका छन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समिति, उद्योग वाणिज्य सङ्घ र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बेनीमा आयोजना गरेको संयुक्त कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा सौन्दर्यकला व्यवसायी राधाकुमारी मल्ल, छाला जुत्ता व्यवसायी सुकलाल मिजार र सिलाइ कटाइ व्यवसायी डम्मरबहादुर कार्की हुुनुहुन्छ । उहाँहरुलाई जिल्ला न्यायाधीश रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्माले सम्मान गर्नुभएको थियो ।

ती उद्यमीले आफू स्वरोजगार हुुनाका साथै अरुलाई पनि सीपमूलक तालिम दिएर औद्यागिक विकासमा योगदान पु¥याएकाले सम्मान गरिएको बताइएको छ ।

न्यायाधीश शर्मा, प्रजिअ आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरीले देशको समृद्धि र रोजगारी सिर्जनाका लागि उद्योगको विकास हुन जरुरी रहेकाले स्थानीय सीप, स्रोत, साधन, पुँजी र प्रविधिको परिचालन गरेर उद्योग सञ्चालन गर्न सुझाव दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *