तीस लाखको अम्रिसोको बिरुवा निकासी

Post Date : August 1, 2016 | 3:29 pm

पाल्पा, १७ साउन । पाल्पा जिल्लाबाट रु ३० लाखको अम्रिसोका बिरुवा जिल्ला बाहिर निर्यात भएको छ ।

पाल्पाको अम्रिसो बिरुवाबाट तनहँु जिल्लामा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ । अम्रिसोको फूलको कुचोको रुपमा बढी प्रयोग हुँदै आएको छ भने पातको घाँसको रुपमा पशुको आहाराको प्रयोग हँुदै आएको पाइन्छ ।

फेक गाविस–७, सोमहरका रामबहादुर बगालेले अम्रिसो बिरुवा बेचेर रु ५० हजार आम्दानी गर्नुभयो । उहाँले अम्रिसोको बिरुवालाई गाउँमा नै बेच्न पाउँदा खुसी लागेको बताउनुभयो । पहिला अम्रिसाको कुचो मात्र बिक्री हुने गरेकोमा अहिले बिरुवा समेत बिक्री हुँदै आएको छ ।

पालुङमैनादी–५, खातुङका रामबहादुर कुँवरले करिब रु एक लाखको बिरुवा बिक्री गरेको बताउनुभयो । अम्रिसाको बिरुवा गाउँबाट बिक्री हुन्छ भन्ने थाहा नभएका यहाँका स्थानीयले बिरुवा बेच्न पाउँदा खुसी बनेका छन् ।

अम्रिसोको बिरुवा सङ्कलन केन्द्रका प्रमुख कमल थापाका अनुसार जिल्लाबाट अर्को वर्ष रु ५० लाखको अम्रिसोको बिरुवा निकासी हुनेछ । अघिल्लो वर्ष बेचेको करिब रु २५ लाखको अम्रिसोबाट राम्रो लाभ पाएकाबाट माग आइरहेको छ । यस वर्ष रु ३० लाख जतिको अम्रिसोका बिरुवा निकासी हुने तयारीमा रहेको थापाले बताउनुभयो ।

पाल्पाका छहरा, पालुङमैनादी, फेक, भुवनपोखरीलगायतका स्थानबाट सङ्कलन गरिएका बिरुवा पठाउँदै आएकोे थापाले जानकारी गराउनुभयो । जिल्लाको अधिकांश बिरुवा तनहुँमा लगिएको केन्द्रका थापाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *