त्रिवेणी विकास बैंकले २ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने

Post Date : October 19, 2016 | 1:51 pm

काठमाडौं, ३ कार्तिक । त्रिवेणी विकास बैंकले ८२ करोड १५ हजार २ दुई सय ८४ रुपैया चुक्ता पूँजीमा २ शेयर बराबर १ (२:१) शेयरको अनुपातमा रु. १०० अंकित दरका हकप्रद शेयर मिति २०७३ कार्तिक २३ गतेदेखि कार्तिक २७ गतेसम्म बिक्री गर्ने भएको छ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ को असार मसान्तसम्म ९ अर्ब ११ करोड ५० लाख रुपैया निक्षेप संकलन, ७ अर्ब २९ करोड ९२ लाख रुपैया कर्जा प्रवाह गरी १९ करोड २५ लाख ४४ हजार रुपैया खुद मुनाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *