दशरथचन्द नपाको बजेट रु ५३ करोड

Post Date : August 11, 2017 | 9:07 am

बैतडी, २७ साउन । जिल्लाको पुरानो नगरपालिका दशरथचन्द नगरपालिकाको पहिलो नगरसभा तथा बजेट अधिवेशनले ५३ करोड ३९ लाख ९६ हजार ५३३ को बजेट पारित गरेको छ ।

बिहीबार सम्पन्न बजेट अधिवेशनले सबैभन्दा बढी पूर्वाधार विकासमा ५० प्रतिशत बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । यस्तै, सामाजिक विकासमा २३, आर्थिक विकासमा १२, वातावरण र विपद् व्यवस्थापनमा १०, संस्थागत विकासमा तीन, वित्तीय व्यवस्थापन र सुशासनमा दुई प्रतिशत रकम विनियोजन गरिएको छ ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासमा खानेपानी, सडक, सिँचाइ र कृषिमा जोड दिने नीति लिएको छ । नगरपालिकाको बजेट, नीति तथा कार्यक्रममा ‘सफा, समृद्ध र उज्यालो शहर, दशरथचन्द नगरवासीको साझा रहर’ भन्ने नारा तय गरिएको र यो नारालाई सार्थक तुल्याउन बजेट केन्द्रित गरिएको नगरप्रमुख थापाले बताउनुभयो । कुल पूँजीगत बजेटको ५० प्रतिशत वडा कार्यालयलाई दिइएको र त्यसपछि भूगोल, जनसङ्ख्या र विकटताको हिसाबले बजेट थप गरेको उहाँले बताउनुभयो ।

यस्तै, नगरपालिकाले नगरभित्रको फोहर व्यवस्थापनलाई प्राथमिकता दिएको छ भने नयाँ वडाहरुमा सौर्य सडक बत्तीका लागि पनि बजेट छुट्याइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *