दश उद्योगलाई उपस्थित हुन पत्राचार

Post Date : February 9, 2018 | 5:05 pm

काठमाडौँ, २६ माघ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्राचार गरेको छ ।

कार्यालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुन पत्र काटेको हो ।

कार्यालयले आज नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएकोमा एक महिनासम्म पनि नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिनुभयो । पत्रमा उपस्थित नहुनुको कारणसहित खुलाउन समेत अनुरोध गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *