दुई शाखा विस्तार गर्दै आशा लघुवित्त

Post Date : February 19, 2017 | 3:47 pm

काठमाडौँ, ८ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।

आशा लघुवित्तले रुपन्देहीको त्रिलोत्तमा र कपिलवस्तुको बाणगंगामा शाखा खोलेको हो । त्रिलोत्तमा शाखाको उद्घाटन संस्थाका संचालक शंकरप्रसाद कालिकोटा र बाणगंगा शाखाको उद्घाटन संचालक खगेन्द्र भट्टचनले गर्नु भएको छ । संस्थाले न्यून आय भएका विपन्न बर्गका महिलालाई विभिन्न किसिमका व्यवसाय गर्न ऋण उपलब्ध गर्दै आएको छ ।

संस्थाले चाँडै धादिङ, सुनसरी र अन्य स्थानमा शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *