धान उत्पादन बढ्ने

Post Date : October 25, 2016 | 2:24 pm

पोखरा, ९ कात्तिक । कास्कीमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले वृद्धि हुने भएको छ ।

मौसम अनुकूल, धान रोप्ने बेलामा पर्याप्त रासायनिक मलको व्यवस्था र बाढी पहिरोले धानबालीलाई क्षति नपु¥याएका कारण उत्पादन बढ्ने देखिएको हो ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायण खत्रीका अनुसार यस वर्ष ८३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । गत वर्ष बाढीपहिरो, नाकाबन्दी र मधेस आन्दोलनका कारण समयमै रासायनिक मल ल्याउन नसकिएकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ । गत वर्ष ७७ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष २५ हजार ६०० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका बिरुवा, कुँडहर, लेखनाथ, पामे, ठूलाखेत, अर्मला, भलाम, शिशुवा, आर्वा, हेम्जा, पस्र्याङ, भरतपोखरी र सार्दीखोलामा नहरको पानीबाट सिँचाइ गरिन्छ । कृषकले जेठोबूढो, गुर्दी, मन्सरा, पहेले, मन्सुली, खुमल, माछापुच्छ«े, राधा ७ र ९ जातका धान लगाउने गरेको पाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *