नबिल बैंकको नबिल इक्वीटी फण्डले शेयर निष्काशन गर्ने

Post Date : September 11, 2016 | 8:10 am

काठमाडौं, २६ भदौ । नबिल बैंकको सहायक कम्पनी नबिल इक्वीटी फण्डले एक अर्ब रुपैयाको अर्को नया योजनाको आउँदो असोज २ गतेदेखि असोज ६ गतेसम्म सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने भएको छ ।

सात वर्षको अवधि रहेको यो योजनाको १० करोड इकाईमध्ये १५ प्रतिशत नबिल बैंक तथा नबिल इन्भेष्टमेन्टले बीज पूँजीको रूपमा रकम लगानी गर्ने र बाँकी ८५ प्रतिशतमा सर्वसाधारणले लगानी गर्न पाउने छन् । लगानीकर्ताले न्यूनतम इकाईका लागि न्यूनतम एकहजार रुपैया र अधिकतम १० करोड रुपैयासम्म लगानी गर्न सक्ने नबिल इन्भेष्टमेन्ट बैंकिढ लिमिटेडले जनाएको छ ।

यो योजना अन्तर्गतको फण्डमा लगानी गर्नका लागि नबिल बैंकका तोकिएका शाखा कार्यालय तथा नबिल इन्भेष्टमेन्ट नक्सालबाट आवेदन फारम तथा विवरण पुस्तिका प्राप्त गर्न सकिनेछ ।

नबिल इन्भेष्टमेन्टले नबिल ब्यालेन्स्ड फण्ड–१ योजना अन्तर्गत लगानीकर्ताले विगत २ वर्षदेखि १४ प्रतिशत नगद लाभांश पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *