नबिल बैंकको बालाजु र घोराही शाखा स्थानान्तरण

Post Date : June 6, 2016 | 1:00 pm

काठमाडौं । नबिल बैंकले काठमाडौंको बालाजु र दाङको घोराही शाखा स्थानान्तरण गरेको छ । बैंकको बालाजु शाखा का.म.न.पा. वडा नं. १६, चक्रपथ, माछापोखरीमा र घोराही शाखा घोराही न.पा. वडा नं. ११, शहीद उमेश मार्गमा स्थानान्तरण गरेको छ ।
दुवै स्थानान्तरित शाखाबाट ग्राहकवर्गलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

बैंकले ५२ वटा शाखा, ९० वटा एटिएम र १४ सयभन्दा बढी नबिल रेमिट मार्फत देशव्यापी रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *