नबिल बैंकको ४५ प्रतिशत लाभांश पारित

Post Date : October 5, 2016 | 2:38 pm

काठमाडौं, १९ असोज । नबिल बैंकको ३२ औं वार्षिक साधारण सभाले शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

बैंकले आ.व. २०७२/७३ मा १ खर्ब १० अर्ब २६ करोड रुपैया निक्षेप संकलन, ७७ अर्ब ७३ करोड कर्जा प्रवाह गरी २ अर्ब ८१ करोड ९३ लाख रुपैया खुद मुनाफा गरेको छ ।

बैंकले २०७४ असारसम्म ८ अर्ब चुक्ता पूँजी पुरयाउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे अनुसार समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी यसै वर्ष ६ अर्ब १८ करोड रुपैया पुग्ने र अर्को वर्ष ८ अर्ब रुपैया पुरयाउने लक्ष्य रहेको जनाएको छ ।

हाल बैंकको नेटवर्थ ११ अर्ब ५९ करोड रुपैया (प्रस्तावित नगद लाभांशबाहेक) रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *