नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम

Post Date : August 7, 2017 | 6:29 pm

काठमाडौँ, २३ साउन । नबिल बैंकले, आफ्नो ३३अौँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा, वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले २०७४ साउन २१ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३३अौँ वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यस समय पछि बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षारोपण कार्यक्रम आयोजना गरी आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षारोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा ठुलो संख्यामा रहेका बैंकका कर्मचारीहरुको उपस्थितिमा चौतारीको शिलान्यास गर्नु भयो ।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा गर्दै अाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *