नबिल बैंक कर्मचारी सघंद्वारा रक्तदान कार्यक्रम

Post Date : December 15, 2016 | 2:42 pm

काठमाडौँ, ३० मङ्सिर । नबिल बैंक कर्मचारी संघले आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा यहि मङ्सिर २५, २०७३ को दिन नबिल बैंक प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना बैंकका कर्मचारीहरु तथा कर्मचारी परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी संघबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।

देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमाडौँ उपत्यकामा मात्र सीमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरु मार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेड क्रस सोसाईटीले संघले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंसा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *