निजामती सेवामा कार्यरत कर्मचारी बर्खास्त

Post Date : January 10, 2017 | 1:25 pm

काठमाडौँ, २६ पुस । सरकारको स्थायी सरकार मानिने निजामती कर्मचारीमा विभिन्न सेवा सुविधाको उपयोग गरी आफ्नो सेवा प्रवाहमा योगदान गर्न सकोस् भन्ने किसिमले राज्यले कर्मचारीका लागि छुट्याएको विदेश अध्ययन लगायतका सुविधाहरुको दुरुपयोग गर्ने प्रवृत्ती बढ्दो छ । पछिल्लो समयमा मात्रै निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले विभिन्न मातहतका कार्यालयमा दरबन्दी रही अध्ययनका लागि विदेश गई लामो समयसम्म सम्पर्कमा नआएका २५ कर्मचारीलाई बर्खास्तका लागि कारवाही प्रक्रीया अघि वढाएको छ । निजामती ऐनमा बिदा स्वीकृति नलिई ९० दिनसम्म अनुपस्थित भएमा सेवाबाट हटाउन सक्ने व्यवस्था गरेको छ । निजामती सेवाका कर्मचारी सरकारले उपलब्ध गराएको छात्रवृत्तीको समय सकिएपछि बेतलबी बिदा बस्ने सो समय सकिएपछि सम्पर्कबिहीन हुने प्रवृत्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *