निरन्तर अोरालो लागेको शेयरबजार अाज उकालो लागेकाे छ

Post Date : October 20, 2016 | 5:51 pm

काठमाडाैं, ४ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६.५८ अंकले बढेर १७९४.४७ बिन्दुमा पुगेको छ । कुल ३७९० कारोवारबाट ७ लाख ८७ हजार ८५३ कित्ता शेयर किनबेच भई ७० करोड ३३ लाख ९९ हजार ८४० रुपैयाको कारोवार भएको छ ।

चार दिन निरन्तर अोरालो लागेको शेयरबजार अाज भने ६.५८ अंकले उकालो लागेको छ ।  होटल, फाइनान्स र उत्पादन समूह बाहेकका अरु सबै समूह उकालो लागेको छ ।

वाणिज्य बैंकहरुको ३.५७ अंकले बढेर ३७ करोड १० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ६.१३ अंकले बढेर ६ करोड ७७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  । जलविद्युत समूहको २३.४८ अंकले बढेर ३ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने बिमा समूहको १२७.७५ अंकले बढेर १९ करोड ८५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै अन्य समूहको १.४४ अंकले बढेर ५६ लाख २० रुपैयाको कारोवार भएको छ ।

होटल समूहको ४२.९६ अंकले घटेर ३७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने फाइनान्स समूहको ४.२५ अंकले घटेर ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै उत्पादन समूहको ७.०९ अंकले घटेर १ लाख १ हजार ९२० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको ६ करोड ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ६ कराेड २३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *