नुवाकोटको रालुकादेवी, थाप्रेक र खरानीटारमा सिटिजन्स बैंक

Post Date : June 15, 2016 | 9:54 am

काठमाडौं ३२ जेठ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नुवाकोटको रालुकादेवी, थाप्रेक र खरानीटार गाविसमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यो सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवाको संख्या ९२ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा निक्षेप संकलन, रकम भुक्तानी आदि लगायतका सेवा शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकले सक्षम–एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा भूकम्प अतिप्रभावित नुवाकोटको ३ गाउँमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *