नेको इन्सुरेन्सको २१ औँ साधारणसभा सम्पन्न

Post Date : January 12, 2017 | 5:53 pm

काठमाडौँ, २८ पुस । आज २०७३ पुस २८ गते बिहीबारका दिन भृकुटी मण्डवको नेपाल टुरिजम वोर्डको सभाकक्षमा नेको इन्सुरेन्सको २१ औँ साधारणसभा सम्पन्न भयो । नेको इन्सुरेन्स लिमिटेडका अध्यक्ष रमेश कुमार निरौलाको मन्तव्यसँगै सुरु भएको सो कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा बीमा क्षेत्रको विकास गर्न कम्पनीले आफ्नो शाखा फैलाउँदै आएको बताउनु भयो । राष्ट्रिय महत्वको विषय रहेको कृषि बीमालाई अघि बढाइरहेको कुरासमेत प्रकाश पार्दै कम्पनीको लेखापरीक्षण प्रस्तुत गर्नुभयो ।

सर्वसाधारण समूहको तर्फबाट बोल्ने वक्त्ताहरुले थला परिसकेको संस्थालाई नया म्यानेजमेण्टले अगाडि बढाएको र आगामी दिनमा उत्कृष्ट संस्था बनेर आउनुपर्ने कुरामा जोड गरे । साथै ग्रमीण क्षेत्रका आर्थिक अवस्था नाजुक भएकाहरुका लागि पनि सूक्ष्म बिमा पुरयाउनु पर्ने र ग्रामीण क्षेत्रसम्म पनि सेवा पुरयाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

सर्वसाधारण शेयरधर धनीबाट व्यक्त गरिएको मन्तव्यको उत्तर दिँदै अध्यक्षले सबैका सुझावलाई मार्गनिर्देशनका रुपमा लिई त्रुटीहरु कम गर्र्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो साधारणसभाले शेयरधनीलाई दिने भनिएको २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *