नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा वृद्धि

Post Date : November 9, 2016 | 10:54 am

काठमाडौँ, २४ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा ७४ करोड ८ लाख रुपैया खुद मुनाफा गरेको छ । यो अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ७४.७८ प्रतिशत बढी हो । बैंकले पहिलो त्रैमासमा १ खर्ब १२ अर्ब ७४ करोड ६० लाख रुपैया निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड ५२ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

नेपाल राष्ट्र बैंकको २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुरयाउनु पर्ने निर्देशनलाई भने बैंकले पार गरिसकेको छ । बैंकको चुक्ता पूँजी हाल ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *