नेपाल एसबीआई बैंकको नाफा १ अर्ब ३३ करोड १९ लाख

Post Date : August 20, 2016 | 1:13 pm

काठमाडौं, ३ भदौ । नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा १ अर्ब ३३ करोड १९ लाख रुपैया खुद मुनाफा गरेको छ । अघिल्लो आ.व. २०७१/७२ मा बैंकको खुद मुनाफा १ अर्ब ६ करोड ५४ लाख रुपैया थियो ।

बैंकले गत आ.व.मा ६५ अर्ब ११ करोड ३३ लाख रुपैया निक्षेप संकलन गरी ४६ अर्ब ९९ करोड ५४ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।

बैंकको २०७३ असारसम्म चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३७ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *