नेपाल क्लियरिङ हाउसको संचालकमा अनिल शाह

Post Date : April 6, 2017 | 7:23 am

काठमाडौँ, २४ चैत । नेपाल क्लियरिङ हाउसको संचालक समितिको सदस्यमा नेपाल बैंकर्स संघका अध्यक्ष तथा मेघा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह नियुक्त हुनु भएको छ । नेपाल क्लियरिङ हाउसको संचालक समितिको ९९ औँ बैठकले वाणिज्य बैंक समूहबाट शाहलाई नियुक्त गरेको हो । यसभन्दा अगाडि वाणिज्य बैंक समूहबाट संचालक रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल सेवा निवृत्त भएकाले उक्त पद रिक्त रहेको थियो ।

नेपाल क्लियरिङ हाउसको लिमिटेडको संचालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाईस टेक्नोलोजीबाट १/१ जना गरी जम्मा ७ जना प्रतिनिधि रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *