नेपाल क्लियरिङ हाउसको साधारण सभाले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

Post Date : September 29, 2016 | 3:29 pm

काठमाडौं, १३ असोज । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।

एनसीएचएलले आ.व. २०७२/७३ को असार मसान्तसम्ममा ५ करोड ७७ लाख रुपैया खुद मुनाफा गरेको छ ।

हाल एनसीएचएलमा १०९ सदस्य बैंक तथा वित्तीय संस्थाहरूका २ हजार ४ सय ४१ वटा शाखाहरूबाट एकअर्काका चेक ईसीसी प्रणालीमार्फत राफसाफ हुँदै आइरहेको छ । दैनिक लगभग ३२ चेक राफसाफ हुने गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *