नेपाल क्लियरिङ हाउसले विद्युतीय भुक्तानी शुल्क घटायो

Post Date : July 5, 2017 | 11:21 am

काठमाडौँ, २१ असार । नेपाल क्लियरिङ हाउस लिमिटेडले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट हुने कारोबारमा लगाउँदै आएको शुल्क २०७४ साउन १ गतेदेखि घटाउने भएको छ ।

क्लियरिङ हाउसले आफ्ना सदस्यहरूलाई ल्याउने नेपाली मुद्राको कारोबारमा नयाँ शुल्क लागू हुने व्यवस्था अनुसार नेपाली मुद्राको कारोबार सीमा ५ सय रुपैयाँसम्म २ रुपैयाँ, ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म ५ रुपैयाँ, ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म १० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा माथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने जनाएको छ । असार मसान्तसम्म भने साविक शुल्क २ रुपैयाँदेखि एकसय रुपैयाँसम्म लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *